विनाशकाले विपरित वुद्धि

हाँस्य व्यंग्य मात्रले शासन चल्दैन् देश र जनताको दु:ख कहिले पनि नदेख्ने प्रधानमन्त्री हुनु हामी सबैकोलागि दुःखद कुरा हो ।
खाली मिडियाले मात्र देख्छ खै त हामीले देख्दैनौ  ? त कहाँ छन् दुखि गरिब अनि पिडित जनता भन्ने प्रधानमन्त्रीलाई के थाह जनता कति पिडित छन भन्ने कुरा ।

हुन त देखुन पनि कसरी ? राजर्षी बिलासितामा रमेका र चिल्ला गाडीमा कालो सिसा बन्द गरि अघिपछि सयौं सुरक्षाकर्मी लिएर बाटो खाली गराएर हिड्दा , अर्काले पकाएको मिठो , मसिनो र राज्य कोष जो जनताले दुख कष्ट गरि आधा पेट खाई राष्ट्र सम्बृद्ध हुने आशमा तिरेको करबाट उठेको पैसामा जनताको पसिना मुछिएको गास कति मिठो मानीमानी खाएको व्यक्तिलाई के थाहा जनता कति पिडित र दुखि छन् भन्ने कुरा ? भ्रष्ट्रचार कति भएको छ छर्लंग देखिंदा समेत चुप बस्नु अनि बचाऊ गर्नु कतिसम्म हास्यास्पद छ।

म नेपाल जस्तो देशमा जन्म लिन पाउँदा आफुलाई भाग्यमानी ठान्दछु । जहाँ सम्पूर्ण कुराले पूर्ण छ तर एउटा कुराले सधै आत्माग्लानी गराउछ । कि नेपालको शासक किन हद भन्दा गैर जिम्मेवार छन् । प्रष्ट झन्डै दुइतिहाई बहुमत प्राप्त पार्टीको सरकार बन्दा धेरै जनताले आशा गरेका थिए । देश अब बन्छ केपी र प्रचण्डका कुरा सुन्दा यो ५ बर्ष नेपालको लागि स्वर्ण युग हुन्छ जस्तो कुरा गर्दथे । तर बिडम्बना त के भने इतिहास कै बलियो सरकारले इतिहास कै निकम्मा र गैरजिम्मेवार काम बाहेक केहि गर्न सकेन। यो नेपाली इतिहासको लागि सबैभन्दा दुखद र कालो समय बन्ने भयो।

अहिले नेकपाका अध्यक्ष्य तथा प्रम कांग्रेसले काम गर्न दिएन । फलानोले यसो भन्यो भनेर उम्किन पाउदैनन् । किनकि अहिले उनको दलको मात्र एकल र शक्तिशाली सरकार छ । सरकारका काम नलाग्ने र झोले सल्लाहकारले नै सरकारको खिल्ली उडाउन बाध्य पार्ने सल्लाह दिन्छन कि यिनी आफै नै यस्तै छन् बुझ्न गार्हो छ ।

बरु प्रमले कसैको पार्टी कसरि फुटाउन सकिन्छ वा कुन नेता वा देशलाई गाली गरेर राष्ट्रवादी भइन्छ । कुन नेता अपहरण गर्दा फाइदा हुन्छ भनेर सोच्नु भन्दा र यस्ता कुरामा आफ्नो उर्जाशील समय सक्नु भन्दा कसरी दिर्घकालिन रुपमा देशलाई अघि बढाउन सकिन्छ भनेर सहि व्यक्ति चाहे बिपक्षी नै किन नहोस उसको सहि कुरा मानेर कार्य गर्दा राम्रो ।

प्रमको पनि उचाई बढ्थ्यो होला। अनि बल्ल देश र जनताले पनि फेरी फेरी साथ सहयोग गर्ने छन् । वास्तबमा नेपाली जनता धेरै धैर्यवान र सहनशिल छन् तर यो कुरा पनि हेक्का रहोस कि जब धर्यता को बाध फुट्छ फेरी त्यसलाई रोक्न सकिदैन। अझै समय छ सुध्रिने नत्र ढिला होला। तर भनिन्छ नि। बिनाशकाले बिपरित बुद्धि।

अब कुरा प्रचण्डको यिनी एउटा महान जनयुद्धको लिडर भएको हुदा यिनीलाइ पनि म अहिलेको अवस्थामा ठुलो दोषी मान्छु किनकि तत्कालिन पार्टीको अध्यक्षको नाताले नेकपा माओवादी सकिनुको प्रमुख दोषी यिनै हुन । पार्टी अध्यक्ष्यले पार्टीलाई मिलाउन नसक्नु र पार्टी भित्र फरक मतलाई निस्तेज गर्न खोज्नु यिनको ठुलो गल्ति हो।

त्यसपछिको दोषी भनेको डा बाबुराम भट्टराई र मोहन बैद्य किरण पनि हुन्। माओवादी जनयुद्धले गर्दा देशमा दिर्घकालिन राजनैतिक परिबर्तन र राजनैतिक सचेतना फैलिएको कुरा कसैले मेटेर मेट्न सक्दैन । तर बिडम्बना के छ भने हिजो जो गाउँ गाउँमा गएर भट्टी , भत्काए , जो गाउँ गाउँ मा गएर जुवा बन्द गरे , जो गाउँ गाउँमा गएर विभेदको अन्त्य गर्नु पर्छ भनेर कराए , अनि जो गाउँ गाउँमा गएर बलात्कारीलाई काट्दै हिने आज उनीहरु नै , बलात्कारी बनेका छन् ।

, बलात्कारिलाई बचाउन लागि परेका छन्, । जुवा घरका मालिक बनेका छन् , शिक्षाका ठुला व्यापारी बनेका छन् । मेडिकल माफिया बनेका छन् । यो सबै हिजो आफ्नो प्राणको आहुति दिने महान सहिद , ति बिर योद्धा र जनयुद्ध र जनाअन्दोलनका घाइते के भन्दा हुन्। त्यसैले त आज हिजो माओवादी जनयुद्ध र माओवादी पार्टीलाइ दिएको मेरो समर्थन त गलत थिएन भन्ने कता कता भित्रि मनमा आउछ।

फेरी पनि मा के भन्छु भने बाबुराम प्रचण्ड बैद्य बिप्लव सबै एकै ठाउमा आउनुको कुनै विकल्प नै छैन तर यहि स्वरुपमा भने पकै होइन। हिजोको आफ्नो सबैले गरेका कमिकजोरीको समिक्षा गरि आफ्नो आफ्नो कमजोरीमा क्षामा याचना गरि हिजो मुलभूत रुपमा जनयुद्धमा जादा जनतासंग गरेका बाचा र कसम को सम्बोधन गर्न सक्ने गरि एकताबद्ध भएर जानु नै आजको उत्तम विकल्प हुन सक्छ।