लमही र घोराहीका ८ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट डिस्चार्ज
प्रकासित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार ११:१०
प्रकासित समय : ११:१०
दाङको कोरोना विशेष अस्पताल वेलझुण्डीबाट लमही र घोराहीका ८ जना डिस्चार्ज भएका छन् । अस्पतालका व्यबस्थापक दोर्ण वलीका अनुसार विहीबार कोरोनालाई जितेर घोराहीका ४ जना र लमहीका ४ जना घर फर्केका हुन् ।
यो संगै बेलझुण्डीबाट अहिले सम्म ४० जनालाई डिस्चार्ज गरिएको छ । अहिले बेलझुण्डीमा ३० जना संक्रमितको उपचार भइरहेको छ ।