सीमावर्ती क्षेत्रमा रोकिएन भारतीय अतिक्रमण,

कञ्चनपुर , कञ्चनपुरको सीमावर्ती क्षेत्रमा भारतीय अतिक्रमण बिढरहेको छ ।  सीमावर्ती क्षेत्रमा भारतको अतिक्रमण रोकिएको छैन । भारतले पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा पर्ने प्याराताल समेत अतिक्रमण गरेको छ ।

प्याराताल संरक्षण नहुँदा भारतले अतिक्रमण गरिरहेको हो । भारतले सीमा मिच्दै प्याराताल अतिक्रमण गरेको स्थानीयको भनाइ छ । लम्बाइ साढे चार किलोमिटर लम्बाइ र एक सय मिटर चौडाईको प्याराताल २० फिट गहिरो छ ।

भारतबाट आउने जंगली जनावर रोक्न नेपालले एक वर्ष अघि तालछेउमा विद्युतीय तारबार लगाएको थियो । भारतीय सुरक्षाकर्मीले नेपालले लगाएको विद्युतीय तारबार समेत काटेका छन् ।

नेपाल भारत सीमा छुट्याउने पिल्लरले प्याराताल नेपालमै देखाएको छ । पिल्लर नम्बर १ सय ९५ ढलेको अवस्थामा छ । त्यसलाई भारतले पिल्लरको रुपमा स्वीकारेको छैन । भारतले प्याराताल कब्जामा लिएर त्यहाँ नेपालीलाई प्रवेश निषेध गरेको छ ।

२०२० सालतिर नेपाल सरकारले प्यारातालमा ठेक्कामार्फत् माछा मार्ने अनुमति दिने गरेको थियो । २०४२ सालदेखि प्यारातालमा भारतीय कब्जामा परेको हो ।