पछिल्लो समय भारत सर्वाधिक कोरोना संक्रमित भएको चौथो मुलुक
प्रकासित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार ०७:०७
प्रकासित समय : ०७:०७
एजेन्सी । शुक्रबार बिहान कोरोना भाइरस संक्रमित संख्यामा बेलायत र स्पेनलाई जित्दै भारत विश्वको चौथो धेरै संक्रमित भएको मुलुक बनेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार शनिबार साँझ भारतले संक्रमित संख्यामा बेलायतलाई उछिनेको हो।
अमेरिकाको जोनस् हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतको कुल संक्रमित शुक्रबार बिहानसम्म २ लाख ९८ हजार २ सय ८३ पुगेको छ । बेलायतको भने २ लाख ९१ हजार ४ सय ९ रहेको छ ।
संक्रमित संख्या धेरै भएपनि कोरोनाबाट हुने मृत्युको संख्यामा भने भारत यी मुलुकभन्दा धेरै पछाडी रहेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान ६ बजेसम्म ११ हजार १ सय २८ नयाँ संक्रमित फेला परेको र ३ सय ९४ जनाको ज्यान गएको जानकारी दिएको थियो।