थप ४ सय ४८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५०६२
प्रकासित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार १६:३१
प्रकासित समय : १६:३१
काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।
जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ। तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टमा देशभर ४४८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
देशभर हालसम्म एक लाख २१ हजार ८६२ पीसीआर परीक्षण गरिएको छ भने एक लाख ८८ हजार ५२ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ९२५ पीसीआर परीक्षण गरिएको छ ।
देशरभका क्वारेन्टाइमा एक लाख ५८ हजार ५० मानिसहरु रहेका छन् भने देशभरका आइसोलेसनमा ४हजार १६९ कोरोना संक्रमित रहेका छन् ।