ड्युटीमा रहेका सैनिक मृत अवस्थामा फेला
प्रकासित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार ०८:५०
प्रकासित समय : ०८:५०
काठमाडौं, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ। प्रहरीका अनुसार अस्पतालमा ड्युटीमा रहेका डम्बरबहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।
महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको छातीमा गोली लागेको बताए। उनलाई कसले गोली हान्यो वा उनले आत्महत्या गरेका हुन् भन्ने विवरण खुलेको छैन।
ज्ञवालीले प्रारम्भिक अनुसन्धानबाट विष्ट आफैंले बोकेको एसएलआरबाट गोली चलाएजस्तो देखिने जानकारी दिए। घटनाबारे थप विवरण विस्तृत अनुसन्धानपछि मात्र प्राप्त हुने उनले बताए।
विष्टको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।