गण्डकीका चार जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित
प्रकासित मिति : २०७७ जेष्ठ ३०, शुक्रबार ०७:२५
प्रकासित समय : ०७:२५
काठमाडौं, गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्।
स्याङ्जाका २२ जना मध्ये वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना अर्जुनचौपारि गाउँपालिकाका एक जना र एक जनाको ठेगाना खुलेको छैन्। त्यस्तै पर्वतमा थप १३ जा थपिएका छन्।
उनिहरु कुश्मा नगरपालिकाका १० जना पैयु गाउपालिकाका एक जना बिहादी गाउँपालिकाका एक जना र एक जनाको ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ। त्यस्तै तनहुँका एक जना र नवलपरासी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जनाएका छन्।