कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८४६

कर्णाली प्रदेशमा शुक्रबार थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ८४६ पुगेको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोनाभाइस संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कर्णाली प्रदेशका संक्रमितमध्ये थप २२ जना निको भएर घर फर्किएका छन् । यससँगै निको भएर घर फर्किनेको संख्या सो प्रदेशमा ८२ पुगेको छ ।

जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।