प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २२ पुग्याे

भालुवाङ ,  प्यूठानमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका पुरूष रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएकाे छ ।

उनीहरु आ-आफ्नो वडाले बनाएको स्थानीय क्वारेन्टाईनमा बस्दै आएका थिए।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर जाँचमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो।उनीहरु सबै केही दिन पहिले भारतबाट आएका थिए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ ।