दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४
दाङ , दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
यता दाङको राप्ती गाउँपालिकामा भने एकैदिन ६ जनामा काेराेना संक्रमण पुष्टिभएकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणका क्रममा राप्ती गाउँपालिकाको नवप्रतिभा आधारभुत विद्यालय पाखापानीको क्वारेन्टाइनमा बसेका वडा नम्बर १ का एक जना ३० वर्षीय युवती,१२ वर्षका बालक र ३२ वर्षका युवक गरि ३ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी राप्ती गाउँपालिकाको नवज्योती आधारभुत विद्यालय सिरिचाैर मसुरीयाको क्वारेन्टाइनमा बसेका वडा नम्बर ३ का १८ वर्षकी युवती, २२ र २७ वर्षका युवकमा कोरोना पुष्टि भएको प्रतिष्ठानले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । यस्तै दाङको बाल विकास क्वारेन्टाइनमा बसेका घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४३ वर्षकी महिला र सेन्टर मावि तुलसीपुरको क्वारेन्टाइनमा बसेका वडा नम्बर १७ का २८ वर्षका पुरूषमा कोरोना पुष्टि भएको
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाबाट ७५ जनाको पिसिअार गर्दा ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६९ जनाको रिपोर्ट नेगेटिभ आएको हो । त्यस्तै घोराहीबाट ६० जनाको पिसिअार गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५९ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
भने तुलसीपुरबाट ४२ जनाको पिसिआर गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट नेगेटिभ आएको हो । बिहीबार मात्र दाङमा १ सय ७५ जनाको पिसिआर प्रविधिबाट परिक्षण गरिएको छ । क्वारेन्टाइनमा बसेका सवै भारतबाट आएका थिए । उनीहरू सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यो सँगै दाङमा संक्रमितको संख्या ९४ पुगेको छ ।