दाङमा ट्राफिक प्रहरी कार्यालयमै क्वारेन्टाइन स्थापना
प्रकासित मिति : २०७७ जेष्ठ २९, बिहीबार १२:५०
प्रकासित समय : १२:५०
दाङ, दाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्यकक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणको समय फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीहरु उच्च जोखिममा रहने भएकाले जोखिमको आशंका लागेमा राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पे्रम रेग्मीले जानकारी दिएका छन ।
त्यसका साथै कार्यरत प्रहरी कर्मचारीहरु संक्रमित भएमा तत्कालै अलग राख्नको लागी उक्त क्वारेन्टाइन निर्माण गरिएको बताइएको उनले बताए । ट्राफिक प्रहरीले घोराही उप महानगरपालिकाको सहयोगमा उक्त क्वारेन्टाइन निर्माण गरेको हो ।