यी हुन आधा कर्मचारी राखेर खोल्न पाइने निजी क्षेत्र, सूचीसहित

काठमाडौं, सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको हो ।

त्यस्तै आजबाट स्वास्थ्य सेवासँग सम्बन्धीत सबै सेवा, निजी क्लिनिकसमेत खुला गर्न सरकारले निर्देशन दिएको छ । औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी पनि आजबाट खुला हुनेछन् ।

पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण, फोहोरमैलाको व्यवस्थापन, विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा पनि खुला हुने छन् ।

यस्तो छ सूची

-स्वास्थ्य सेवासँग सम्बन्धी सबै सेवा, निजी क्लिनिक समेत
-औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
– पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
– फोहोरमैलाको व्यवस्थापन
– विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा
– बैंक तथा वित्तीय सेवा, सहकारी र बीमा सेवा
– कृषि बीउबीजन, रासायनिक मल, कृषि औजार–उपकरण र शीतभण्डार सम्बन्धी सेवा र कार्य,
-उत्पादनशील उद्योग
– निर्माण सामग्रसम्बन्धी उद्योग, व्यवसाय
-विकास आयोजना (निजी क्षेत्रबाट प्रबद्र्धितसमेत)
– निर्माण कार्य (निजी क्षेत्रबाट सञ्चालित समेत)
– नदी तथा खानीजन्य पदार्थ उत्खना, संकलन, ढुवानी र बिक्रीवितरण
– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
– क्वारेन्टिनका लागि तोकिएका होटल
– बिजुलीका सामान बिक्री र मर्मत
– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधानको मर्मत गर्ने वर्कसप
– पुस्तक पसल तथा स्टेसनरी
– सबै प्रकारका ढुवानी सेवा
– अत्यावश्यक सेवाका सबै कार्यालय
– अन्य सरकारी कार्यालय, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र (बैंक तथा वित्तीय संस्थाहरूमा आधार कर्मचारी रहनेगरी)