नेपाल-भारत सीमाबारे प्रमाण संकलन गर्न विज्ञ समूह गठन

काठमाडाैँ, सरकारले नेपाल-भारत सीमाका सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त समूह गठन गरेको हो।

सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा समूह गठन भएको हो।

हालै सरकारले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीच सीमा विवाद बढेको छ।