कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६३

सुर्खेत, कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार दैलेखमा ४८, सुर्खेतमा १ र काठमाडौंमा १ जनामा संक्रमित देखिएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ६३ पुगेको छ । आजै ३० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै ६० जनाले कोरोना जितेका छन् ।