असार १ गतेदेखि सरकारी कार्यालय दुई ‘सिफ्ट’मा खुल्ने
प्रकासित मिति : २०७७ जेष्ठ २९, बिहीबार १७:४७
प्रकासित समय : १७:४७
काठमाडौं, सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् ।
सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने खतिवडाले जानकारी गराएका छन् ।