अब मोटरसाइकलमा १ जना मात्रै यात्रा गर्न पाइने
काठमाडाैँ, दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् । सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले दूरी कायम होस् भनेर यस्तो निर्णय गरिएको बताए ।
उनका अनुसार मन्त्रिपरिषदले उपत्यका लगायत सम्बन्धित जिल्लामा नीजि सवारी साधनलाई जोर बिजोर गरी चल्न दिने निर्णय गरेको छ । उनले खुल्ला गरिएको सवारी साधनमा साइकल, मोटसाइकल र निजी सवारी चल्न पाउने उनले बताए । उनले मोटरसाइकलमा १ जना र निजी सवारी साधनमा ड्राइभरसहित ३ जना मात्रै बस्न पाउने बताए ।
त्यस्तै, निजी सेवा प्रदायक संस्थाहरूका लागि पनि सवारी साधान खुल्ला गरेको उनले बताए । उनले एउटा लहरमा १ जना मात्रै यात्रु बोक्न दिने र सुरक्षाका उपाय अपनाएर संचालन गर्न सकिने उनले जानकारी दिए ।