यी हुन् बन्द हुने क्षेत्रहरु
काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ ।
यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने बाहेकका सपिङ मल, डिपार्टमेन्टल स्टोर लगायतका २१ क्षेत्र अझै बन्द रहने निर्णय गरेको छ ।
यी हुन् बन्द हुने क्षेत्रहरु:-
शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालि केन्द्र
सपिङ मल, डिपार्टमेन्टल स्टोर
सिनेमा हल, पार्टी प्यालेस, डान्सबार र सबै प्रकारका मनोरञ्जनस्थल
अनुमति प्राप्त गरेका बाहेकका राष्ट्रिय–अन्तर्राष्ट्रि उडान
तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट आवतजावत –भारतबाट आउने नागरिकको हकमा प्रदेश १, २, प्रदेश पाँच र सुदूरपश्चिममा गरी सरकारले २० नाका खुला राखेको छ
सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन आदि
२५ जनाभन्दा बढी भेला हुने बैठक, गोष्ठि, तालिम, सेमिनार आदि
सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
व्यावसायिक रूपमा सञ्चालिन स्विमिङ पुल जिमखाना, साउना स्टिम, हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटि–पार्लर लगायत क्षेत्र
समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति