जहाँ लकडाउन उल्लंघन गरेको भन्दै राष्ट्रपतिलाई जरिवाना गरियो
प्रकासित मिति : २०७७ जेष्ठ २९, बिहीबार १५:०३
प्रकासित समय : १५:०३
युक्रेन, नोभल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको नियम उल्लंघन गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोद्मिर जिलेन्स्कीलाई जरिवाना गराइएको छ ।
उनले आफूलाई जरिवाना गराइएको बताइएका हुन् । उनले ३ जुनमा ख्मेन्स्काईस्थित एक क्याफेमा गएको भन्दै उनलाई जरिवाना गराइएको हो । उनका एक कर्मचारीले राष्ट्रपतिले क्याफेमा बसेकर कफी पिइरहेको फोटो पोस्ट गरेका थिए । उक्त समय सहरमा क्याफेहरु बन्द गरिएका थिए ।
राष्ट्रपति जिलेन्स्कीलाई मास्कसमेत नलगाएको पाइएको थियो । “उहाँहरुले राम्रो काम गर्नुभयो,”राष्ट्रपतिले जरिवानाका विषयमा भने । उनले जरिवाना कति तिरे भन्ने खुलाइएको छैन ।
युक्रेनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ७० पुगेको छ भने ८५४ जनाको मृत्यु भएको छ । -बीबीसी