स्वास्थ्य चौकी जाँदैनन् स्वास्थ्यकर्मी, बिरामी आउँछन ढोकामा टोलाउँछन्
जाजरकोट, कार्यालय सहयोगीसहित ८ जना कर्मचारीको दरबन्दी रहेको कुशे गाउँपालिका ५ ढिमेको स्वास्थ्यचौकी बुधबार दिउसो २ बजेसम्म सुनसान थियो । बुधबार न कुनै सार्बजानिक बिदा थियो न अत्याबश्यक बिदा र पनि २ बजेसम्म सुनसान थियो ।
स्वास्थ्यका कर्मचारी नहुदा आएका बिरामीहरू ढोकामा बसेर टोलाइरहेका थिए । स्वास्थ्य चौकी नजिकै घर भएका सहयोगी बेला बेला आएर चिहाएर फर्किन्थे । स्वास्थ्य चौकिका कर्मचारीलाइ भने केहि पत्तो थिएन ।

बच्चा बिरामी भएर उपचारमा आएकी कुशे ५ की राधिका नेपाली स्वास्थ्य चौकीको ढोकामा
बुधबार दिउसो कुशे ५ कि राधिका नेपाली बच्चा बिरामी भएर उपचारको लागि स्वास्थ्य चौकी पुगिन् तर स्वास्थ्य चौकीमा जब ताला लगाइएको देखिन उनलाई समास्या पर्यो । स्वास्थ्य सेवाको रुपमा रहेको एकमात्र स्वास्थ्य चौकी त्यहि पनि बन्द हुदा उनलाई बच्चाको उपचार गर्न समास्या परेको थियो ।
जाजरकोट कुशे गाउँपालिका ५ ढिमेमा रहेको स्वास्थ्य चौकीमा कर्मचारीहरुको लापरवाहिले समास्या हुने गरेको स्थानीय शिक्षक टेकराज मल्ल बताउछन ।
उनि भन्छन निरन्तर आउने कर्मचारी कोरोनाको ब्यवस्थापनमा लागेपछि स्वास्थ्य चौकी सुनसान हुने गरेको छ । स्वास्थ्य चौकीमा कर्मचारी नहुदा बिरामीलाई समास्या परेको छ ।
दिनहुँ बिरामी आएर समास्यामा पर्ने गरेको उनि बताउछन । स्वास्थ्यकर्मी आलोपालो गरेर कार्यालय आउने, हाजिरी गरेर हिँड्ने गरेपछि स्थानीय सेवाग्रहीलाइ समास्या परेकाे छ ।
स्वास्थ्य चाैकी ढिमेका इन्चार्ज अहेब दिनेश रावललाइ सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेकाे छैन ।