शाहीको उपचारर्थ उठेको २ दुई लाख रकम परिबारलाई हस्तान्तरण
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२ निबुवा निवासी कमल शाहीको उपचार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । उनको उपचार्थ बनाईएको समितीको पहलमा उठेको उक्त २ दुई लाख रकम उनका बुबा पदम बहादुर शाहीलाई सदस्यलाई हस्तान्तरण गरिएको हो ।
बाँकेको कोहलपुर मोडल कलेज(KMC) ब्यावस्थापन संकाय चौथो बर्षमा अध्यानरत शाहीको केही दिन अघी सिमलको हाङ्गाबाट खसेर टाउकोमा गम्भीर चोट थियो । उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ दिन भेन्टिलेटरमा राखी उपचार गराउदा समेत होस् नखुलेपछी थप उपचारको लागि हेलिकप्टरद्धारा काठमाडौं लगिएको थियोे । हाल उनको काठमाडौँको टिचिङ हस्पिटलमा उपचार भईरहेको छ।
उनको उपचारको लागि कोहलपुर मोडेल कलेजका कर्मचारी तथा प्राध्यापकद्धारा करिव ५० हजार रकम सहयाेग गरिएकाे छ । भने उक्त कलेजमा अध्यन गर्दै गरेका र देश बिदेशमा रहेका विद्यार्थीहरुले करिव १ लाख ५० हजार सहयोग उपलब्ध भएकाे सहयोग समितिका संयोजक संन्जिव बाबु पंगेनीले जानकारी दिए । पंगेनिका अनुरा हालसम्म उनको लागि करिब ३ लाख ५० हजार रकम सहयोग संकलन भैसकेको छ ।
साथै संयाेजक पंगेनीले शाहीको जिवन रक्षाका लागि उपचारमा सक्दो सहयोग कार्यमा जुट्न मनकारी मनहरु भएका सबैलाई सहयोग गर्नका लागि अनुरोध गरेका छन । सहयोगको लागि निम्न खाता नम्बरमा रकम जम्मा गर्न अनुराेध समेत गरिएकाे छ ।
खाता नम्बर : ०७३००५००१७३२९
खाता वालाको नाम : पदम बहादुर शाही / संजिब बाबु पंगेनी
मेगा बैङ् कोहलपुर शाखाँ
सम्पर्क नम्बर ९८५८०२७६९२/९८४८०३४६६४