सुर्खेत उद्योग बाणिज्य संघद्धारा लकडाउन उल्लङ्घन, गरियो प्रर्दशन
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसायीहरूले लकडाउनको उल्लङ्घन गर्दै विरोध प्रर्दशन गरेका छन्। सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरूले प्रर्दशन गरेका हुन ।
सरकारले गरेको लकडाउनले झण्डै तीन महिना पसल व्यवसाय बन्द हुँदा बैंक व्याज, करलगायत तिर्न नसकिने भन्दै उनीहरू प्रर्दशनमा उत्रिएका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेको लकडाउनको उल्लङ्घन गर्दै बाणिज्य संघको नेतृत्वमा विरोधमा उत्रेका हुन ।
व्यवसाय खोल्न पाउनुपर्ने भन्दै ब्यानर, प्ले कार्ड सहित जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूले प्रर्दशन गरेका छन्। अहिलेको परिस्थितिमा व्यापारीले बैंक व्याज,कर सहित घरभाडा तिर्न नसक्ने भन्दै निजी क्षेत्रको अर्थतन्त्र ध्वस्त भएको सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलको भनाई छ।
सुर्खेतका व्यवसायीले तीनै तहका सरकारलाई चुनौती दिँदै राज्यले लकडाउन गरेर मात्रै समस्या समाधान नहुने र लकडाउनकै कारण धरासायी बनेको भन्दै राहत प्याकेज घोषणा गर्नु पर्ने व्यवसायीको माग छ। यसअघि सुर्खेत उद्योग बाणिज्य संघले सरकारलाई चुनौती दिँदै पसल, व्यवसायी संचालन गर्ने निर्णय गरेको थियो। तर, प्रशासनले खोल्न नदिने भएपछि प्रशासन र संघले सहमति गरी पूर्वा सहमतिलाई नै कार्यान्वय गर्ने निणय गरेका थिए।
पटकपटक स्थानीय प्रशासन र कर्णाली प्रदेश सरकारलाई व्यवसाय खोल्न पाउनुपर्ने भन्दै दवाव दिँदै आएका उनीहरूले प्रर्दशन नै गरेका हुन्। लकडाउनलाई कडाइ भन्दा पनि व्यवस्थित गरी सबै पसल व्यवसाय संचालन गर्नु पाउनुपर्ने उनीहरूको भनाइ छ। साथै उनीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई मागपत्र समेत बुझाएका छन्।