बिरामीलाई कोरोना देखिएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

बिरेन्द्रनगर, सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ। अस्पतालमा भर्ना भएका एकजना बिरामीलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हाे । 

‘हिजो साँझतिर क्वारेन्टिनमा बसेका पुरुषलाई सर्पले टोकेपछि अस्पताल पुगेका थिए , चेक गर्दा कोरोना देखिएकाे प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

त्यस्तै, उनको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ। ‘सर्पले डसेका बिरामी अस्पताल भर्ना भएका थिए, उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आकस्मिक कक्ष सिल गरेका छौं।’ डाक्टर पौडेलले भने, ‘आकस्मिक कक्षका अन्य बिरामी र स्वास्थ्यकर्मी त्रसित छन्, बिरामीको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा बस्नुभएको छ।’

क्वारेन्टिनबाट बिरामी आएकाले गएराति नै पीसीआर परीक्षण गरिएको थियो।