करिब ५० जना यात्रु चढेको टिपर कर्णालीमा खस्यो

कालिकोट, कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो।

भारत र रामेछापबाट आएका करिब ५० जना मजदुर बोकेर लालिघाटबाट रास्कोट क्‍वारेन्टाइनतर्फ जाँदै गरेको टिपर कालिकोटमा कर्णाली नदिमा खसेर दुर्घटनाग्रस्त भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार अहिलेसम्म ३ जना को शव भेटिएको छ।

अझै अधिकांश जना बेपत्ता छन्। प्रहरीले यसको स्वतन्त्र पुष्टि गर्न बाँकी छ। मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको बताइएकाे छ । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । टिपरमा सवार अधिकांश यात्रु हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ ।