हिरासतभित्रै एक युवक मृत्त फेला, प्रहरी कार्यालयमा ढुङ्गामुढा

धनुषा, धुनषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवक मृत्त फेला परेको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् ।

हिरासतको शौचालयमा झण्डिएको अवस्थामा भेटिएका सदा

प्रहरी हिरासतभित्रै सबैला नगरपालिक–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा मृत फेला परेपछि स्थानीयले प्रहरी चौकीमा ढुङ्गामुढा गरेका हुन् ।

घटना छानबिनको माग गर्दै स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै प्रहरी भ्यान समेत तोडफोड गरेका छन् । अहिले आन्दोलित स्थानीयले बरकुर्बा सडक बन्द गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

सदा मंगलबार विहान २ बजे शौचालयमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिएका छन् । मृतक ट्याक्टर चालक हुन् ।

सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो । सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ ।