संसदमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दे छन् । संघिय संसदको प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ ।

बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने संसदको सम्भावित कार्य सूची रहेको छ ।