लकडाउन खुकुलो बनाउने सरकारको निर्णय
प्रकासित मिति : २०७७ जेष्ठ २८, बुधबार २२:०७
प्रकासित समय : २२:०७
काठमाडौं, मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाई जनजीवन सहज बनाउने निर्णय गरेको हाे ।
बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार बिहीबार ३ बजे लकडाउनको मोडालिटी सार्वजनिक गरिनेछ ।
गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो । सोही अनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउनेबारेको समग्र मोडालिटी स्वीकृत गरेको ती मन्त्रीको भनाइ छ।