भारतमा कोरोनाबाट २४ घण्टामा १० हजार संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको दर उच्च रहेको छ ।  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार २ सय बढी संक्रमित थपिएका छन् भने २ सय ७७ जनाले ज्यान गुमाएका छन् । यो संक्रमितको आँकडा भारतमा एकैदिन धेरै संक्रमित हुनेमा तेस्रो हो ।

भारतमा कोरोनाबाट हालसम्म २ लाख ७६ हजार संक्रमित छन् भने ७ हजार ७ सय ५० जनाको मृत्यु भएको छ । १ लाख ३४ हजार उपचारपछि निको भएका छन् । भारत कोरोनाबाट दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित देश हो ।