बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ २८, बुधबार १५:२६
प्रकासित समय : १५:२६
कोहोलपुर, बाँकेको कोहलपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परिक्षणमा कोहलपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोहलपुर नगरपालिका १२ का १८ बर्षका दुइृजना र अर्का २२ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । योसंगै बाँकेका ८ वटै पालिकामा कोरोना संक्रमण देखिएको छ
साथै ।भेरी अस्पतालमा गरेकाे काेराेना परक्षणमा बर्दियाकाे मधुवनका १ र राेल्पाका सुनिलस्मृतीका १ गरि ५ जनामा काेराेना संक्रमणा पुिस्टि भएकाे जानकारी दिएकाे छ ।