बजेट नेपाललाई कोरोना मुक्त गर्न केन्द्रित छ : प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७७ जेष्ठ २८, बुधबार १३:३०
प्रकासित समय : १३:३०
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस दलीय नभएर साझा विषय भएको बताएका छन् । बुधबार संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले कोरोनाको व्यवस्थापन प्राविधिक विषय भएकाले विज्ञले बताउन सक्ने भन्दै तदनुरूप नै बजेट आएको बताए ।
“कोरोनाबाट नेपाललाई मुक्त गर्न केन्द्रित छ,” उनले भने,“यो खाली नियन्त्रण, रोकथाम, उपचारसँग मात्रै सम्बन्धित छैन । यो सामाजिक जनजीवनसँग सम्बन्धित पनि छ । त्यहीअनुसार बजेट बनेको छ ।”