पाकिस्तानमा कोरोनाबाट एकैदिन १ सय ५ जनाको मृत्यु

इस्लामवाद । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या उच्च रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् । यो मृत्यु हुनेको आँकडा अहिलेसम्मकै उच्च हो । यसअघि सर्वाधिक धेरै जुन ६ मा ९७ थियो ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख ८ हजार संक्रमित छन् भने २ हजार १ सय ७२ जनाको मृत्यु भएको छ । ३५ हजार उपचारपछि निको भएका छन् ।

पाकिस्तान कोरोनाबाट भारतपछि दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित देश हो ।