२४ घन्टामा थपिए २७९ कोरोना संक्रमित, देशभर संक्रमितको सं‌ख्या ४३६४

काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ ।  नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। जसमा २५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । 

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ। तीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।