कसैले हेप्न खोजेका हुन् भने नेपाल हेपिन तयार छैन : प्रधानमन्त्री
प्रकासित मिति : २०७७ जेष्ठ २८, बुधबार १४:३३
प्रकासित समय : १४:३३
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले नेपालका सम्बन्धमा दिएको अभिव्यक्ति आपतिजनक र निन्दनीय भएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले आदित्यनाथले बोलेको हो भने निन्दनीय भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आदित्यनाथले नेपाललाई धम्क्याउन र हेप्न खोजेको हो भने नेपाल हेपिन तयार नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आदित्यनाथले बोलेको हो भने जायज नभएको र नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित नभएको टिप्पणी गरे ।आदित्यनाथले नेपाल–भारत सीमाको विषय जोड्दै नेपालले तिब्बतको परिणामबाट चेतोस् भन्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।