कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७०८
प्रकासित मिति : २०७७ जेष्ठ २८, बुधबार १५:४६
प्रकासित समय : १५:४६
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश मा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ६२३ जनाको स्वाब परीक्षणका लागि प्रयोगशालामा बाँकी रहेको पनि अस्पतालले जानकारी दिएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमित संख्खया ७०८ पुगेको छ ।