भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या
रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ । फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या गरेको प्रहरीले जनाएको छ ।
कामदार र उनीहरुका साथीहरुको हत्या गरेर तन्नामा शव बेरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेको छ ।
मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भर्खरै घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनास्थललाई सिल गरेको छ भने हत्या आरोपी सिंजालीलाई नियन्त्रणमा लिएको छ ।
उक्त भैंसी फार्म स्थानीय कृष्ण पुनले सञ्चालन गर्दै आएका थिए ।
मृतकको विवरण खुल्नै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।