क्वारेन्टाइनमा रहेका युवालाई सर्पले टोकेपछि रातभर झारफुक
प्रकासित मिति : २०७७ जेष्ठ २७, मंगलवार १८:१७
प्रकासित समय : १८:१७
नेपालगन्ज, बाँकेको क्वारेन्टाइनमा रहेका एक युवालाई सर्पले टोकेपछि रातभर गुरुवाको भरमा झारफुक गरिएको पाइएकाे छ । जानकी गाउँपालिका– १ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेपछि झारफुक गरिएकाे हाे ।
तत्काल अस्पताल लैजान एम्बुलेन्स बोलाउँदा नआएपछि उनलाई झारपुक गरेरै राखिएको वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।अध्यक्ष राईका अनुसार मंगलबार बिहान ८ बजे अस्पताल पुर्याइएका उनको अवस्था अहिले सामान्य छ । ‘उनलाई विषालु सर्प करेतले टोकेको थियो,’ वडाध्यक्ष राईले भने, ‘क्वारेनटाइन्मा ३ पटक सर्प आइसकेको छ ।’
एम्बुलेन्सका लागि रातभर फोन गरे पनि कोही चालक आउन नमानेको उनको भनाइ छ । सो क्वारेन्टाइनमा जेठ ९ देखि १९ जना बसिरहेका छन् ।