स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक पक्राउ
प्रकासित मिति : २०७७ जेष्ठ २७, मंगलवार १८:३३
प्रकासित समय : १८:३३
रौतहट, रोतहटमा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईशानाथ नगरपालिका–४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साह छन् । उनलाई गौर नगरपालिका-४ टिकुलिया बकैया नदीको बाँधबाट स्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ र मोबाइल २ थान सहित पक्राउ गरिएको हो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।