सरकार असफल भैसक्यो दश अर्वको एकएक हिसाब चाहिन्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार असफल भइसकेको आरोप लगाएका छन । मंगलबार प्रतिनिधि सभाको बैठक शुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले सांसद थापालाई बोल्न समय दिएका थिए । सांसद थापाले भने,कोरोनाको नाममा सरकारले दश अर्ब खर्च गरेको बताउँदै कहाँ खर्च भयो भन्दै प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताए ।

नेपाल भन्दा बाहिर १२७ जना कोरोना संक्रमितको मृत्यु भएको उल्लेख गर्दै सांसद थापाले स्वास्थ्य मन्त्रालयले नेपाल भित्र १४ जनाको मृत्यु भएको र ३७६२ जना संक्रमित भएको तथ्याक देखाएको बताए ।

तर के मृत्यु हुनेको संख्या १४ मात्र हो ? ‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुण्डिएर मरेका चन्द्रबहादुर परियार, सुत्केरी हुन नसकेर मरेकी लालकुमारी रोकाय लगायतको जिम्मा कसले लिन्छ भन्दै प्रश्न गरे । ‘धेरैले सरकारलाई सुझाव दिए। न हाम्रो, अदालतको, प्रेसको वा नागरिकको कसैको सुझाव सरकारले नसुनेको उनले बताए ।

‘नियन्त्रणमा रहँदारहँदै पनि कोरोनाको यो अवस्था ? दोष कसको ? पैसा नभएर, अदालतले वा कांग्रेसले छेक्यो ? सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको। सरकारको अकर्मन्यताले रोकेको। असक्षमताले रोकेको हो।’ यो सरकारले कोरोना लडाईबाट पार लगाउन नसक्ने उनले बताए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बैठकले सरकारले कोरोनाबाट पार लगाउन नसक्ने निश्कर्ष निकालेको बताउँदै सरकारको जवाफ माग गरेका छन । उनले भने, अब हामी प्रश्न गर्छाैं सरकारले जवाफ दिनु पर्छ । दश अर्ब बजेट कहाँ खर्च भयो ५ वटा पिसिअार मेसिन किन्ने , २५ हजार जम्मा किट किनेर दश अर्बको हिसाव किताब देखाउनु पर्दैन भन्दै आक्रोश सहित प्रश्न सोधेका छन । हामीलाई एक एक हिसाव चाहिन्छ ।

उनले क्वारेन्टाइनमा मानिसहरु मरिरहेको भन्दै क्वारेन्टाइनलाई मानिस मार्ने कन्सेन्ट्रेसन क्याम्पको संज्ञा दिए। उनले भारतबाट आएका नेपाली नागरिक माथि सरकारले अपमान गरेको बताउँदै सरकारले आरडीटी परीक्षणको काम नभएको भन्ने सल्लाह नमानेर सरकारले आरडीटी जवरजस्ती गरिरहेको थापाको आरोप लगाए। आफ्ना गल्ती लुकाउन कर्मचारीको अनियमित सरुवा गरिएकोमा बताए ।