ब्राजिलमा कोरोनाको मृत्युदर अमेरिकाको भन्दा धेरै

रियो दे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसको मृत्युदर उच्च रहेको छ । कोरोनाको नयाँ इपिसेन्टर घोषणा भैसकेको ब्राजिलमा केहि दिनदेखि दैनिक मृत्युदर अमेरिकामा भन्दा धेरै रहेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ८ सय १३ जनाको मृत्यु भएको छ भने १८ हजार नयाँ संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा पनि अमेरिकामा ब्राजिलको भन्दा मृत्युदर कम रहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ८३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोनाबाट हालसम्म ३७ हजार ३ सय १२ जनाको मृत्यु भएको छ भने ७ लाख १० हजार संक्रमित भएका छन् । ३ लाख २५ हजारकाृ उपचारपछि निको भएका छन् ।

ब्राजिल कोरोनाबाट विश्वमै दोस्रो धेरै प्रभावित देश हो ।