नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
स्याङ्जाका एक पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उनको सोमबार बिहान निधन भएको हो ।
वालिङका ती ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको आइतबार साँझ मात्रै पुष्टि भएको थियो । उनी जेठ २१ गते राति भारतबाट वालिङ आइपुगेका थिए । स्वास्थ्यमा समस्या आएपछि २२ गते बिहानै पोखरा पठाइएको थियो ।
उनी मृगौला, उच्च रक्तचाप, सुगरलगायतका बिरामी रहेको बुझिएको छ । भारतको दिल्लीमा बस्दै आएका ती व्यक्ति सुनौलीसम्म विभिन्न सवारी साधानमा आएका र सुनौलीबाट गाडी रिजर्भ गरी आएका वालिङ आएका थिए । सुनौलीबाट श्रीमान–श्रीमतीसँगै आएको वालिङ नगरपालिकाले जनाएको छ ।

