पोखरामा कोरोनाले ६० वर्षीय पुरुषको मृत्यु

पाेखरा, पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका कारण आइसोलेसनमा भर्ना भएका ६० वर्षीय पुरूषकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

मृतक पुरूष स्याङ्जाकाे बालिङ नगरपालिका स्थायी ठेगाना रहेकाे र उनमा काेराेना संक्रमण भएकाे निर्देशनालयले जनाएकाे छ ।