पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

इस्लामवाद, पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७ जनाको मृत्यु भएसँगै कुलसंख्या २ हजार २ पुगेको हो । पाकिस्तानमा संक्रमित र मृत्युदर उच्च रहेको स्वास्थ्य अधिकारी बताउँछन् ।

पाकिस्तानमा अहिलेसम्म कोरोनाबाट ९८ हजार संक्रमित छन् जसमा ५ हजार नयाँ संक्रमित बितेको २४ घण्टामा थपिए । ३३ हजारको उपचारपछि निको भएको छ ।

पाकिस्तान कोरोनाबाट भारतपछि दक्षिण एसियामा धेरै प्रभावित देश हो ।