हालसम्म ४६७ संक्रमितले कोरोना जिते

काठमाडौं, नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २ जना महिला र १०० जना पुरुष डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा १०२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिइएको हो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४६७ पुगेको छ ।

इतबार थप २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ३ हजार ४४८ पुगेको जानकारी दिएका हुन् ।