देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, सतर्कता अपनाउन निर्देशन

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ३३ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुमा २ जना, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै सर्लाहीमा १ जना, जुम्लामा २, जाजरकोटमा १ र काठमाडौं उपत्यकामा ४ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित ३३ मध्ये १४ जना भने संक्रमणमुक्त भइसकेका छन्। अन्यको भने विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

प्रधान कार्यालयले स्वास्थ्य सतर्कता अपनाएर प्रहरी परिचालन भएको जनाएको छ। देशभरका सबै युनिटमा क्वारेन्टिनमा निर्माण गरिएको छ।