दाङमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ पुग्यो

दाङ  , दाङमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतार गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय पुरूष र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो संगै दाङमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।