थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३,४४८
प्रकासित मिति : २०७७ जेष्ठ २५, आईतवार १६:३०
प्रकासित समय : १६:३०
काठमाडौं, नेपालमा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कुल कोरोना संक्रमितको संख्या तीन हजार ४४८ पुगेको जानकारी दिए ।
देशभरका विभिन्न अस्पतालबाट ४६७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा पुरुषहरु ३९९ जना र ६८ जना महिला रहेका छन् ।