गण्डकीमा थप ३८ जनामा कोरोना, संक्रमितको संख्या ११३
प्रकासित मिति : २०७७ जेष्ठ २५, आईतवार ०७:३२
प्रकासित समय : ०७:३२
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ जनामा पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जना रहेका छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।