लकडाउनले तंग्रिएको कोहलपुर चौराह अनि चोला फेरेको त्यो सडक

हेर्नुहोस तस्विरसहित

नेपालगन्ज, कोहलपुर बाँके यतिबेला कोहलपुर नेपालगन्ज सडक लकडाउनले गर्दा तंग्रिएको छ । सँधै ब्यस्त हुने सडक सुनसान छ ।  देशमा चैत ११ देखि लकडाउन चलिरहेको छ ।

लकडाउनले गर्दा राजमार्ग लगायत ब्यस्त हुने सडकहरु सुनसान देखिन्छन । ७५ औँ दिनसम्मा आइपुग्दा लकडाउनको अवधिमा कोहलपुरको चौराह र सडकमा नयाँ चमक देखिन थालेको छ ।

सडकमा छेउछाउका बिरुवाहरू समेत हरियो र सफा देखिएका छन् । सडक छेउका फूलहरू पनि निर्धक्क फुलेको देखिन्छन । सडकमा हरियाली छाएको छ । चिल्ला सडकमा प्रहरी बाहेक छिटफुट मानिस र सवारी देखिन्छन् ।

लकडाउनमा सरकारले सडक व्यूटि फिकेशन गरेका कारण सडकहरु चिल्ला र राम्रा देखिएका छन् । धुवा धुलो तथा प्रदुषण गाडीका आवाज सुनिएको छैन ।