डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु
डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो।
सुर्खेतबाट १६ गते जुम्ला हुदै जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोग भएकाे जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए ।
रोकायाका अनुसार पीडित उनलाई १९ गते होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमै रहेका उनको जेठ २४ गते मृत्यु भएकाे बताइएकाे छ ।
मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार मात्रै आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको अध्यक्ष रोकायाले बताए ।
रोकायाका अनुसार उनीसँगै १२ जना अन्य नागरिक पनि जगदुल्लामा आएका थिए।
उनीहरु हाल क्वारेन्टाइनमा छन्। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जसमध्ये ११ जनाको मृत्युपछि मात्रै संक्रमण रहेको पुष्टि भएको छ।