ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अनलाइन कक्षा सुरू

भालुवाङ, दाङ देउखुरीको एक मात्र उच्च शिक्षाको केन्द्र रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियाले अनलाइन कक्षा सञ्चालन गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण नेपाल सरकारले देशभर लकडाउनको घोषणा गरेको छ ।

यसको मार प्रत्यक्ष रूपमा सबै भन्दा बढी विद्यार्थीहरुलाई नै परेको समयमा हुनुपर्ने परिक्षाहरु पनि स्थगित भएका छन् । विद्यालय, बिश्वविद्यालयहरु सबै दुई महिना देखि बन्द छन्। यस्तो विषम परिस्थितिमा सरकारले विद्यालय, बिश्वविद्यालयहरुमा अनलाइन कक्षाको संचालन सम्बन्धी अवधारणा ल्याएको हुँदा सोही बमोजिम क्याम्पसले अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पसका प्रशासन सहायक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।

साथै क्याम्पसले सम्पूर्ण बिषयगत प्राध्यापक तथा विद्यार्थीहरुलाई सम्पर्क गरि अनलाइन कक्षामा जोडिन फोन तथा सामाजिक सन्जाल मार्फत खबर गरिरहेको र तत्काल विएड, विविएस प्रथम बर्ष र विएड, विविएस दोस्रो बर्षका लागि अनलाइन कक्षा सञ्चालन भइरहेको क्याम्पसका प्रशासन सहायक योगीले बताएका छन् ।