बाजुरा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ २४, शनिबार ११:००
प्रकासित समय : ११:००
बाजुरा, भारतबाट आएर बाजुराको एक क्वारेन्टिनमा बसेका एक जनाको शुक्रबार राति मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका– को क्वारेन्टाइनमा बसेका एक ६५ वषीृय वृद्धको मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका– ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिएका छन् । गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले बताएका छन् । मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका थिए ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन् । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।